चैनपुर जेसीज मनहरी अध्यक्षमा ढकाल पदस्थापित

हेटौंडा । चैनपुर जेसीज मनहरीको अध्यक्षमा कृष्णप्रसाद ढकाल पदस्थापित भएका छन् । सोमबार भएको जेसीजको दोस्रो पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रमबाट उनी अध्यक्षमा पदस्थापित भएका हुन् ।

वर्ष सन् २०२४ का अध्यक्ष रविन ढकालले २०२५ का अध्यक्ष ढकाललाई अध्यक्षको चेन हस्तान्तरण गर्दै पदस्थापित गराएका हुन् । अध्यक्ष ढकालले नयाँ शाखा भएकोले तालिम र विभिन्न सामाजिक कार्य मार्फत आफ्नो कार्यकाल नमुनालायक बनाउने प्रतिबद्धता व्यक्त गरे ।

यसअघि हुँदै आएका कार्यक्रमलाई निरन्तरता दिने उनको भनाई थियो । अध्यक्ष ढकालले कानुनी सल्लाहकारमा नवराज रिजाल, महासचिवमा सुरेश गौतम, कोषाध्यक्षमा श्रीराम खड्का, सचिवमा शिवराज गिरी, शाखा सम्पादक पवन अर्याल, प्रकरण निर्देशक मनिष पौडेल र जनसम्पर्क अधिकारीमा मनोज चौलागाईंलाई मनोनित गरेका छन् । शाखाको अधिवेशनबाट उपाध्यक्षमा राजु सुवेदी, रोचक ढकाल, बालकृष्ण बिष्ट र कृष्णप्रसाद खनाल तथा कार्यकारिणी उपाध्यक्षमा मनोज विष्ट र मिलन ढुंगाना निर्वाचित भएका थिए ।

अध्यक्ष ढकालले अध्यक्ष सल्लाहकारमा बिदुरबिक्रम थापा, ज्योतिराज लुइँटेल, प्रकाश थापा, शिवप्रसाद खनाल, अनन्तप्रकाश अर्याल र सन्जिव पाठक तथा बोर्ड सल्लाहकारमा दीपेन्द्रकुमार बर्तौला, वसन्तकुमार सिटौला, प्रेमप्रसाद बोलखे, बिनोदकुमार बर्तौला, राममणी बर्तौला, पुस्कल न्यौपाने, सुनिल अधिकारी, कविन सांगामी र अरुणकुमार दाहाललाई मनोनित गरेका छन् । कार्यक्रम संयोजक बालकृष्ण बिष्टको संयोजकत्वमा भएको कार्यक्रममा मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा अध्यक्ष सल्लाहकार बिदुरबिक्रम थापा, नेपाल पत्रकार महासंघ मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारी, मनहरी गाउँपालिका ५ नम्बर वडा अध्यक्ष दिपेन्द्र अधिकारी, चैनपुर जेसीज मनहरीका संस्थापक अध्यक्ष गणेशदर्पण अधिकारी, पर्साखैरहनी जेसीजका अध्यक्ष बिक्रम पन्जियार महतो, नेपाल जेसीजका निरुपित राष्ट्रिय उपाध्यक्ष सुजन थापा काजी, नेपाल जेसीज महासचिव विकेशलाल श्रेष्ठ, मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगरलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा जेसीजले स्थापना गरेको नगद १० हजार राशीको ‘स्वर्गीय माधव ढकाल स्मृति चैनपुर जेसीज मनहरी पत्रकारिता पुरस्कार’ टिम टेलिभिजन र कान्तिपुर टेलिभिजनमा कार्यरत नेपाल पत्रकार महासंघका अध्यक्ष बालकृष्ण अधिकारीलाई प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि कालाखेतीले जेसीजसंगको सहकार्यका लागि गाउँपालिका सदैव तयार रहेको बताए ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.