हेटौंडा । पश्चिम मकवानपुरको मनहरीमा तामाङ सामुदायको महान चाड सोनाम ल्होसारको अवसरमा बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ । मनहरी गाउँपालिका–७, स्थित बुद्ध शान्ति हरित पार्कमा २८६१ (डुल ल्हो) सोनाम ल्होछारको अवसरमा २ दिने वृहत् साँस्कृतिक कार्यक्रम हुने भएको हो ।
बुधबार सोनाम ल्होसार मुल समाराह समितिले पत्रकार सम्मेलनल मार्फत कार्यक्रम बारे जानकारी दिएको हो । कार्यक्रममाघ १६ र १७ गते बागमती प्रदेशका मुख्यमन्त्रि बहादुर सिं लामाको प्रमुख आतिथ्यमा हुने जनाएको छ । तामाङ समुदायको भाषा, भेषभुषा, सामाजिक संस्कार र सस्कृतिको संरक्षण एवम् प्रवद्वर्न गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको कार्यक्रम संयोजनक सुरेश कुमार मुक्तानले जानकारी दिए ।
सोही अवसरमा ज्येष्ठ नागरिकलाई सम्मान, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति र झाँकी प्रदर्शन हुने ल्होछार मुल आयोजक समितिका संयोजक सुरेशकुमार मोक्तानले जानकारी दिनुभयो । कार्यक्रममा राष्ट्रिय कलाकार ज्योति मगर , मिलन लामा, जिवन भोम्जन , बालिका तामाङ सहित स्थानीय कलाकारको साँस्कृतिक प्रस्तुति रहने उनले बताए ।
कार्यक्रममा स्थानीय स्तरको मौलिक खाना तथा तामाङ समुदायको परिकार स्टलसँगै बाल उद्यानसहित रहेनछ । कार्यक्रममा करिब ८ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको उनको भनाई छ । कार्यक्रमको मुख्य सहयोगीको रुपमा मनहरी गाउँपालिका र मनहरी –७ को वडा कार्यालय रहेको जनाएको छ । पत्रकार सम्मेलनमा मनहरी गाउँपालिका ७ नम्बर वडा अध्यक्ष ठाकुर तितुङ , राक्सिराङ गाउँपालिकाका उपाध्यक्ष बनस्तम थिङ, साङगा छ्योइफेल गुम्बाका अध्यक्ष गौतम लामा लगाएतको उपस्थीती रहेको थियो ।

















