हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा बाघले फेरि बाख्रा खाएको छ । बाघले शुक्रबार राती हेटौंडा-१३ आलदमारका पुर्ण सिंह लोप्चनको एउटा बाख्रा खाएको हो ।
लोप्चनको कच्ची गोठबाट एउटा बाख्रालाई बाघले बाहिरबाट तानेर आधा खाएको र आधा बांकी भाग बाधेको डोरीमा नै रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ
प्रहरीले पर्सा राष्ट्रिय निकुञ्जसंग समन्वय गरी बाघको खोजतलास तथा कानुनी प्रक्रिया अगाडि बढाएको जनाएको छ। यस्तै, मानबिय क्षती नभएको प्रहको भनाई छ । यसअघि बाघले मनहरी २ बसन्तपुरमा एकजना वृद्धा र ७ वटा बाख्रा मारेको थियो ।
प्रतिकृया दिनुहोस्

















