माओवादी भ्रष्टाचार बिरोधी पार्टी हो : मोक्तान

मकवानपुर । नेकपा (माआवादी केन्द्र)का केन्द्रिय सदस्य कुमारी मोक्तानले माओवादी भ्रष्टाचार बिरोधी पार्टी भएको बताएकी छिन् । बिहिबार नेकपा (माओवादी केन्द्र) मनहरी गाउँ कमिटीको तेस्रो अधिवेशनलाई सम्बोधन गर्दै मोक्तानले भ्रष्टाचार र बेथिति  बिरुद्ध कदम चाल्दै आएको माओवादी केन्द्रमा युवाहरुको आकर्षण बढेको बताईन् ।

नेकपा माओवादी केन्द्र मनहरी गाउँ कमिटिका अध्यक्ष रामप्रसाद कालाखेतीको अध्यक्षतामा भएको अधिवेशन उद्घाटन कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सदस्य प्रमिला पुलामी, प्रदेश कमिटि सदस्य ललितबहादुर घलान, सीता पुलामी मगर, मकवानपुर जिल्ला समन्वय समिति समदस्य राजकुमार पाख्रिन, मनहरी ईन्चार्ज रामहरी सुवेदी लगायतका उपस्थिति रहेको थियो ।  अधिवेशन अन्तरगतको बन्दसत्र शुक्रबार बिहान हुने निर्वाचन समितिले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.