मकवानपुरमा भव्यरुपमा मनाईयो तमु ल्होसार

हेटौंडा । गुरुङ समुदायको विशेष पर्व तमु ल्होछार मकवानपुरमा पनि भव्य रुपमा मनाएका छन् । आज सोमबार हेटौंडा ११ स्थित सहिद स्मारकमा शुभकामना आदान–प्रदानसँगै नाचगान गरेर तमु अर्थात् गुरुङ समुदायको नयाँ वर्ष ल्होछार मनाएका हुन् ।

तमु ह्युल छोंज धि (गुरुङ राष्ट्रिय परिषद्) मकवानपुरले आयोजना गरेको कार्यक्रममा वक्ताहरुले तमु ल्होछारसहित जनजातिको विशेष पर्वहरुको संरक्षण र प्रवर्द्धनका लागि तीनै तहको सरकारले विशेष ध्यान दिनुपर्ने बताएका छन् । हेटौंडा उपमहानगरपालिका ३ नम्बर वडा अध्यक्ष ढलक बहादुर थापाले सस्कृती जोगाउन यस्ता पर्वहरुले महत्व दिने बताए ।

उनले आफ्नो भाषा, संस्कृतीसँगै ल्होछार जस्ता पर्वको मौलिकता जोगाउँन आदिवासी जनजाति गम्भीर हुनुपर्ने बेला भएको बताए । त्यसैगरी , गुरुङ राष्ट्रिय परिषदका केन्द्रीय सदस्य जंगबहादुर गुरुङले गणतान्त्रिक नेपालमा ल्होछारमा सार्वजनिक बिदा दिनु सकारात्मक भएपनि मौलिक संस्कृती संरक्षण गर्न सरकारले बजेट विनियोजन गर्नुपर्नेमा जोड दिए । मकवानपुर जिल्लामा बजेट बिनियोजन गर्ने क्रममा आदिवासी जनजातीलाई अन्याय गरेको उनको भनाइ थियो । उनले मकवानपुर जिल्लामा गुरुङ समुदाय सातौ स्थानमा रहेको बताउदै मकवानपुरमा मात्रै १५ सय १८ जना हाराहारीमा गुरुङ समुदायको बसोबास रहेको बताए ।

गुरुङले आफ्नो सस्कृती जोगाउन सबै गुरुङ समुदाय एकजुट भएर लाग्न पनि आग्रह गरे । बागमती प्रदेश सरकारले तामाङ भाषा र नेवार भाषालाई सरकारी कामकाजी भाषाको रुपमा ल्याइएको छ । त्यसैगरि गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजीकि रुपमा अघि सारेको छ ,’ उनले भने, यसैगरि सरकारले आदिवासी जनजातीको हितमा काम गर्दा सस्कृतीको जगेर्ना हुने देखिन्छ ।’

कार्यक्रममा गुरुङ समुदायबाट विभिन्न क्षेत्रमा रहेर उल्लेख्य काम गर्नेहरुलाइ सम्मान सकेत गरेका थिए । सम्मानित हुनेमा शिक्षा विकास तथा समन्वय इकाई कार्यालय मकवानपुरका शाखा अधिकृत संगिता गुरूङ , त्रिभुवन विश्वविद्यालयबाट मानवशास्त्र विषयको दर्शनाचार्य परीक्षामा सर्वोत्तम श्रेणीमा उतिर्ण भई मकवानपुर तमु समुदायकाट पहिलो व्यक्ती हुने मनिराज गुरूङ , ञफिजियोथेरापी करियर पथ झ का लेखिका रति कुमारि गुरुङ, मेडिकल ब्यबसायी राजु गुरुङ, भु तथा जलाधार व्यस्थापन कार्यालय मकवानपुरका कार्यालय प्रमुख सृजना गुरुङ र नेपाल पत्रकार महासघ मकवानपुरका नवनिर्बाचित कार्य समिती सदस्य निशा गुरुङ्लाइ सम्मान गरिएको थियो ।

यस्तै कार्यक्रममा स्वर्गीय माधव गुरुङको नाममा स्थापित माधव गुरुङ अक्षयकोष–२०७५ बाट प्रदान गरिने छात्रवृत्तिमा मनहरी गाउँपालिका–८, की करिष्मा गुरुङ, थाहानगरपालिका–५, का सुदीप गुरुङ, थाहानगरपालिका–५, कै प्रेरणा गुरुङ, कैलाश गाउँपालिका—१, की विनुता गुरुङ र कैलाश–१, कै विना गुरुङलाई नगत ८ हजार ५ सय सहित छात्रवृत्ति प्रदान गरिएको थियो ।

गुरुङ राष्ट्रिय परिषद् मकवानपुरका अध्यक्ष केशर बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल तामाङ घेदुङ मकवापुरका अध्यक्ष कालू घलान , किरात राई यायोक्ख्या मकवानपुरका अध्यक्ष के।बि राई, नेपाल मगर संघ मकवानपुरका अध्यक्ष शन्देस मगर, थारू कल्याणकारिणी सभा मकवानपुरका अध्यक्ष संचता नन्द थारू, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मकवानपुरका अध्यक्ष अशोकसुजन श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा गुरुङ पहिरनमा सजिएका गुरुङ युवायुवती,बालबालिकाहरुले गुरुङ साँस्कृतिक नाँच–गान प्रस्तुत गरेका थिए । मकवानपुरमा वि.सं.२०५५ सालदेखि गुरुङ समुदायले सामुहिक रुपमा तमू ल्होछार मनाउँदै आएका छ्न ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.