मउवा संघ चुनावः अग्रवाल प्यानलको घरदैलो तिव्र

हेटौैंडा । मकवानपुर उद्योग वाणिज्य संघको आसन्न निर्वाचनका लागी अध्यक्ष पदका उम्मेदवार अनिल अग्रवालसहीत उनका प्यानल यसबेला घरदैलो गर्नमा व्यस्त छन् । पुष २४ गतेदेखि २७ गतेसम्मको चुनावी अभियान अन्तर्गत उद्योगी व्यवसायी तथा मतदातासंगको भेटघाट कार्यक्रममा व्यस्त भएका हुन् ।

करिब दुई साता अघिबाट निरन्तर रुपमा चलिरहेको घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम अन्तर्गत पश्चिम क्षेत्रको मनहरी, रजैया, सानान्टार, बस्तीपुरसहित हेटौंडाका भिविन्न वडामा रेहेका उद्योगी व्यवसायीलाई भेटघाट गरिएको उम्मेदवार अग्रवालले जानकारी दिएका छन् ।

सबै उद्योगी व्यवसायी उनीसहीत उनको प्यानलको उम्मेदवारी र एजेण्डाप्रति सकरात्मक तथा उत्साहीत देखिएको उनले बताए । आईतबार सो प्यानलले हेटौंडाको चौघडा, चुच्चेखोला, एक्लेखेत, फुर्केचौर, हटिया र चिसापानीसम्म घरदैलो गरेको थियो। यस्तै, आज सोमबार हेटौंडाको स्कुलरोड, कान्तिराजपथ र मेनरोड लगायतको ठाउंमा घरदैलो गरिएको छ । घरदैलो कार्यक्रम करिब अबको एक साता निरन्तर रहने उनको भनाई छ ।

भेटघाट कार्यक्रममा वाणिज्य तर्फका उपाध्यक्ष पदका उम्मेदवार राजु अधिकारी, उद्योगतर्फका उपाध्यक्ष पदका उम्मेदवार रबिन्द्र घिमिरे, महासचीव पदका उम्मेदवार विकेशलाल श्रेष्ठ, सचीव पदका उम्मेदवार नेत्र प्रसाद खतिवडा र वाणिज्यतर्फको सचिव पदका उम्मेदवार दिवस पराजुली, कोषाध्यक्ष पदका उम्मेदवार तेजराज अधिकारी तथा सदस्य पदका उम्मेदवारहरु निलम पाण्डे, रविन ढकाल, बालकृष्ण बजगाईं, मेनका श्रेष्ठ र विष्णुप्रसाद दाहाल लगायतका सहभागी थिए । हाल संघमा २ हजार ९७ जना मतदाता रहेका छन् ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.