मनहरीमा आतंक मच्चाउँदै बाघ, फेरि मार्यो ७ बाख्रा

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकामा फेरि बाघले बाख्रा मारेको छ। सोमबार करिब बिहान ५:३० बजे मनहरी-५ बसन्तपुरमा बाघले ७ वटा बाख्रा मारेको हो। ।

स्थानीय सुर्य बहादुर मुक्तानको घर छेउको खोरमा अचानक बाख्रा छुट्टै तरिकाले करायो। कतै खुट्टा अड्केर पो करायो कि भन्दै मुक्तान हेर्न जाँदा बाघले खोर भित्रै बाख्रा मारिरहेको देखेको स्थानीय दिल बहादुर रुम्बाले जानकारी दिए।

बाघ देखेपछि मुक्तान र उनकी श्रीमती आत्तिदैं खोरबाट निस्किएको रुम्बाले बताए । रुम्बाका अनुसार मारिएको ७ वटा बाख्रा मध्ये एउटा बाघले बोकेर गएको थियो ।

आइतबार बारीमा घाँस काट्न जाँदा बाघको आक्रमणबाट मुक्तानकी छिमेकी ७२ वर्षीय कान्छिमाया रुम्बाको ज्यान गएको थियो। यी घटनाले स्थानीय आतंकित भएका छन्।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.