हेटौंडा । नेपाल शिक्षक संघद्वारा सञ्चालित शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको साधारणसभा सम्पन्न भएको छ । शनिबार हेटौंडामा संस्थाको पाचौं साधारणसभा सम्पन्न भएको हो ।
सभाले सुवासचन्द्र कंडेलको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ । सभाले उपाध्यक्ष पदमा गोपालचन्द्र भट्टराई, सचिबमा यादवराज बराल र कोषाध्यक्षमा प्रेम प्रसाद पौडेल लगायतको पदाधिकारी चयन गरेको छ । यस्तै, सदस्यमा क्रमशः प्रदिप भोम्जन, बिक्रम चौरेल, गङ्गा पराजुली, उपेन्द्र जैसवाल र तिलक बिक चयन भएका हुन् ।
शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लि।का कार्यबाहक अध्यक्ष श्री सुवासचन्द्र कडेलज्यूको सभाध्यक्षता , नेपाल काङ्ग्रेस मकवानपुर सभापति श्री बुद्ध लामाज्यूको प्रमुख आतिथ्यता तथा नेपाल शिक्षक संघ मकवानपुर अध्यक्ष श्री गणेश हुमागाईज्यूको बिशिस्ट आतिथ्यतामा सधारणसभा सम्पन्न भएको हो ।
भेलामा कार्यबाहक अध्यक्ष कंडेल, सचिब गोपालचन्द्र भट्टराई र कोषाध्यक्ष रेवतीरवण पहाडीले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरे । विविध विधमा साधारण सदस्य सम्मानित भेलामा उत्कृष्ट बचतकर्ता र असल ऋणिबाट प्रदीप भोम्जन र रत्ना श्रेष्ठ सम्मानित भए।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेपाली कांग्रेस मकवानपुर जिल्ला सभापति बुद्ध लामाले सहकारीमा पैसा बचत गर्नाले भबिस्यमा आर्थिक रुपमा सहज हुने बताए । उनले सहकारी बारे फैलिएको विभिन्न भ्रमलाई चिर्दै आर्थिक क्रान्तिमा योगदान पुर्याउन सहकारी संस्थालाई सुझाए। यस्तै, देश बिकासमा सहकारीको अहम भुमिका रहेको उनले बताए।
नेपाल शिक्षक संघ मकवानपुर अध्यक्ष गणेश हुमागाईंको बिशिस्ट आतिथ्यता रहेको कार्यक्रममा नेपाल शिक्षक संघ मकवानपुर संस्थापक रामनरेस यादब, नेपाल शिक्षक संघ मकवानपुर सल्लाहकार तथा नेपाल प्रजातान्त्रिक सेनानी संघ मकवानपुर अध्यक्ष दिपकलाल खतिवडा, नेपाली कांग्रेस मकवानपुर जिल्ला सदस्य कालु घलान, नेपाल शिक्षक संघ, महासङ्घ र ट्रेड युनियन प्रतिनिधित्व लगायतको उपस्थिति थियो ।
कार्यक्रम संस्थाका कार्यवाहक अध्यक्ष कंडेलको सभाध्यक्षतामा सम्पन्न भयो।

















