हेटौंडा । नेपाल विद्यार्थी संघ केन्द्रिय सदस्य मिलन पुडासैनीले बकैयाको एक क्लबलाई फुटबल जर्सी सहयोग गरेका छन्।
शुक्रबार मकवानपुरको बकैया ४ को नवनमुना युवा क्लबलाई १० थान जर्सी सहयोग गरेका हुन्।
नेपाली कांग्रेस बकैया ४ का इकाई सभापति सुनिल भोम्जनको पहलमा खेलकुदको क्षेत्र सहयोग गर्न पाउँदा पुडासैनीले खुसी ब्यक्ति गरे।
नेविसंघ र सिंगो पार्टीको हितको लागि आफू शिक्षाको क्षेत्रमा मात्र नभई अन्य सामाजिक कार्यमा लागी परिरहने उनले बताए। उनी मकवानपुरको विद्यार्थी माझ प्रख्यात विद्यार्थी नेता हुन्।
उनी नेपाली कांग्रेस बागमती प्रदेश सभापति माननीय इन्द्रबहादुर बानियाँको प्रमुख स्वकिय समेत हुन्।
प्रतिकृया दिनुहोस्

















