हेटौंडामा सडक खाना महोत्सव हुने

हेटौंडा । हेटौंडामा सडक खाना महोत्सव हुने भएको छ। मकवानपुर होटेल एसोसिएसनको आयोजनामा अंग्रेजी नयाँ वर्ष २०२५ को अवसरमा १३ देखि १६ पुससम्म महोत्सव हुने भएको विहीबार पत्रकार सम्मेलन मार्फत आयोजकले जानकारी दिएको छ ।

एसोसिएसनले महोत्सवलाई ‘सडकमा जाऊँ, सडकमा खाऊँ, सडकमै रमाऊँ’ भन्ने नारासहित आयोजना गर्ने भएको बताइएको छ। एसोसिएसनका निवर्तमान अध्यक्ष एवं महोत्सव संयोजक शंकरलाल श्रेष्ठले हेटौँडा-४ स्थित हुप्रचौरको पूर्वतर्फको सडकमा महोत्सव गरिने जानकारी दिए।

करिब ५० स्टल रहने महोत्सवमा रैथाने बालीका परिकारका साथै स्थानीय जातजातिका खानालाई पनि प्राथमिकता दिने बताए। उनका अनुसार महोत्सवमा स्थानीय कलाकारको प्रस्तुतिसमेत रहनेछ।

महोत्सवमा मकवानपुरसहित चितवन, बारा पर्साबाट पनि अवलोकनकर्ताको सहभागिता रहने अपेक्षा गरिएको एसोसिएसन अध्यक्ष दिलिसगोविन्द जोशीले बताए। यस्तै, करिब ४० हजारले महोत्सव अवलोकन गर्ने उनको दाबी छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.