हेटौंडा । नेपाली काँग्रेसको जातिय भातृ संगठन नेपाल तामाङ संघ मकवानपुरको जिल्ला अधिवेशन हुने भएको छ । हेटौंडामा संघको दोस्रो जिल्ला अधिवेशन हुने भएको हो ।
संघले ६ पुषमा अधिवेशनको तयारी बारे छलफलका लागि आफ्ना नेता तथा कार्यकर्तालाई बैठक बोलाइएको संघका हेटौंडा उपमहानगरपालिका नगर समिती सभापति रोशन गोले तामाङले जानकारी दिएका छन्। उनका अनुसार बैठकमा मकवानपुर जिल्लाको १० वटै पालिकाका पार्टी इकाई समितिका सभापतिहरु र १ सय २ वटा वडाको इकाइ समिति सभापतिहरुको उपस्थितिमा बैठक बसिने छ।
नेपाली काँग्रेस मकवानपुर जिल्ला सभापति बुध्द लामाको प्रमुख आतिथ्यता रहने बैठकमा सबै पालिकाका महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, प्रतिनिधिसभाका सबै क्षेत्रीय सभापति तथा सबै संघिय सभापतिहरुको उपस्थिति रहनेछ । नेपाली काँग्रेस मकवानपुरको सभाहलमा बसिने सोही दिनको बैठकबाट अधिवेशनको मिति तय गरिने उनले बताए।
यस अघि संघको पहिलो अधिवेशनबाट नेपाली काँग्रेस बागमती प्रदेश कार्यसमिति सदस्य चम्पुरत्न लामालाई सभापतिको जिम्मेवारी दिइएको थियो। यस्तै, संघको केन्द्रिय कार्यसमितिले हरि मुक्तानलाई ३ महिना भित्र जिल्ला अधिवेशन गर्ने गरि संयोजकको जिम्मेवारी दिइएको बताइएको छ।

















