पत्रकार महासंघ बागमती प्रदेश अध्यक्षमा उम्मेदवारी दिने कृष्ण सारु मगरको घोषणा

हेटौंडा । नेपाल पत्रकार महासंघ बागमती प्रदेश महासचिव कृष्ण सारु मगरले पत्रकार महासंघ बागमती प्रदेश समितिको अध्यक्ष पदका लागी आफ्नो उम्मेदवारी सार्वजनिक गरेका छन् । आइतबार महासचिव मगरले हेटौंडामा एक समारोह बिच आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन् ।

पत्रकार महासंघ केन्द्रिय समितिले आफ्नो तिन वटै तहको निर्वाचन २८ मंसिरमा हुने गरि निर्वाचन मिति तोकिसकेको छ । केन्द्रीय समितिको निर्वाचन कार्यतालिका अनुसार २४ मंसिरमा प्रदेश कार्यसमितिको लागी मनोयन दर्ता मिति तोकिएको हो ।

महासचिव मगरले श्रमजीवी पत्रकारको हकहित तथा सञ्चारमाध्यमको संस्थागत विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन् । दुई कार्यकाल पत्रकार महासंघ बागमती प्रदेशको महासचिव पद सम्हालेका उनले महासचिव पदमा रहँदा गरिएको प्रतिबद्धताको अवस्था कार्यक्रममा लिखित रुपमा सार्वजनिक गरेका छन्।

यस्तै, उनले सोही अवसरमा मकवानपुरका करिब ४ दर्जन पत्रकार उपस्थित सो कार्यक्रममा अध्यक्ष पदको उम्मेदवारको रुपमा आफ्नो प्रतिबद्धता पत्र समेत सार्वजनिक गरे ।  उनको प्रतिबद्धता पत्रः

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.