नेपाल प्रिमियर लिगमा सट्टेबाजी खेलाएको अभियोगमा चार जना पक्राउ

हेटौंडा । नेपाल प्रिमियर लिगमा सट्टेबाजी खेलाएको अभियोगमा ४ जनालाई पक्राउ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत कोलकत्ता बाह्रसान बवुनगाद्धीका २४ वर्षीय सुमन धोष, भारत उत्तर प्रदेश कानपुरका २५ वर्षीय अमित यादव, भारत बिहार सहरसा–२ बखरीका २७ वर्षीय सुमन्त कुमार र भारत बिहार सहरसा हरंसरीका ३० वर्षीय ब्रजेश कुमार रहेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट ग्राउन्ड कीर्तिपुरमा संचालन भइरहेको नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगितामा स्पोर्टस बाजी, प्रोबो लगायतका अनलाइन बेटिङ एपबाट पैसाको हार जित हुनेगरी क्रिकेट मैदान भित्रैबाट सट्टेबाजी खेल्ने, खेलाउने कार्यमा संलग्न उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले क्रिकेट मैदान भित्रैबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.