हेटौंडा १२ का उम्मेदवार विरुद्ध उजुरी परेन

हेटौंडा । हेटौंडा उपमहानगरपालिका १२ नम्बर वडाध्यक्ष पदको उम्मेदवार विरुद्ध उजुरी नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । २ मंसिरमा भएको उम्मेदवारको मनोनयन दर्ता विरुद्ध उजुरीका लागि आज विहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म समय तोकिएको थियो ।

वडाध्यक्ष पदमा दलगत ९ र स्वतन्त्र ५ जनाले उम्मेदवारी दिएका थिए । तोकिएको समयावधिमा कुनै पनि उजुरी नपरेको निर्वाचन कार्यालयले जनाएको छ ।

वडाध्यक्ष पदका लागि नेपाली कांग्रेसको तर्फबाट अर्जुन प्रसाद तिवारी, नेकपा एमालेबाट राजेश नगरकोटी, नेकपा माओवादी केन्द्रको तर्फबाट रविन प्रधान, राप्रपाको तर्फबाट प्रेमबहादुर भ्लोन लामा, नेकपा एकीकृत समाजवादीको तर्फबाट बलराम बलले मनोनयन दर्ता गराएका थिए ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट आशाबीर बल, नेमकिपाबाट फुलमाया तितुङ र जसपाबाट छबिलाल वाईबा र दीपा लामाले मनोनयन दर्ता गराएका हुन् ।

स्वतन्त्र तर्फ युनेश लामा स्याङ्तान, अर्जुन घलान, कुमार पोखरेल, गीता कुमारी नेवार र छत्रप्रकाश अधिकारीले वडाध्यक्ष पदका लागि मनोनयन दर्ता गराएका थिए ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.