मनहरीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका–७ रमणटारमा दुई वटा मोटरसाइकल आपसमा ठोक्किँद दुई जना घाइते भएका छन्।

मंगलबार दिउँसो करिब २ः४० बजे पूर्व–पश्चिम सडकखण्डमा हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको बा.प्र.०२–०३० प ५१५८ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको बा.प्र.०२–०६१ प ३४१९ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा पछाडिको भागमा ठक्कर दिएको थियो।

दुर्घटनामा बा.प्र.०२–०६१ प ३४१९ नम्बरको मोटरसाइकल चालक तनहुँको आँबुखैरेनी गाउँपालिका–३ बस्ने करिब ३९ वर्षीय अर्जुन परियार घाइते भएका छन्। उनको दाहिने आँखा, नाक तथा दुवै खुट्टामा चोट लागेको र अवस्था मध्यम रहेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

मनहरी अस्पतालमा सामान्य उपचारपछि परियारलाई थप उपचारका लागि भरतपुर, चितवन रिफर गरिएको छ। त्यस्तै, बा.प्र.०२–०३० प ५१५८ नम्बरको मोटरसाइकल चालक नवलपरासीको गैँडाकोट नगरपालिका–१ बस्ने करिब २६ वर्षीय राजु जिटीको दाहिने हातको कान्छी औँलामा चोट लागेको छ। उनको अवस्था सामान्य रहेको र उपचारका लागि चितवनतर्फ पठाइएको प्रहरीले जनाएको छ।

दुवै मोटरसाइकल इलाका प्रहरी कार्यालय मनहरीको नियन्त्रणमा रहेका छन्। दुर्घटनास्थल इलाका प्रहरी कार्यालय मनहरीबाट करिब २ किलोमिटर पश्चिममा पर्छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.