मनकामना डाँडामा रातिसम्म फुटसलको चहलपहल, खेलप्रेमीमा बढ्दो आकर्षण

मकवानपुरगढी । मकवानपुरगढी गाउँपालिका–४ मनकामना डाँडामा निर्माण भएको नयाँ फुटसल मैदान खेलप्रेमीको आकर्षणको केन्द्र बन्न थालेको छ। स्थानीयसँगै हेटौंडा बजारबाट समेत युवाहरू फुटसल खेल्न मनकामना डाँडा पुग्ने गरेका छन्।

नयाँ निर्माण गरिएको फुटसलमा साँझ तथा रातिको समयमा समेत खेल सञ्चालन हुने गरेको छ। पर्याप्त प्रकाशको व्यवस्था रहेकाले रातिसम्मै खेल खेल्न सकिने भएपछि व्यस्तताका कारण दिनमा समय निकाल्न नसक्नेहरूका लागि समेत मैदान उपयोगी बनेको छ।

फुटसल खेलसँगै मनकामना डाँडाबाट देखिने हेटौंडा बजारको रमणीय दृश्यले यहाँ पुग्ने खेलाडीलाई थप आकर्षित गर्ने गरेको छ। उचाइमा रहेको मैदानबाट रातिको समयमा झिलिमिली हेटौंडा बजार देखिने भएकाले फुटसल खेल्ने र मनोरञ्जन गर्ने दुवै अवसर मिल्ने गरेको छ।

स्थानीय क्षेत्रमा खेलकुद गतिविधि बढाउन तथा युवालाई सक्रिय बनाउन नयाँ फुटसलले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.