करेन्ट लागेर मनहरीका गोतामेको मृत्यु

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मनहरी गाउँपालिका–३ लामिटारका अन्दाजी ५० वर्षीय हिरा गोतामेको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

प्रहरीका अनुसार शनिबार बिहान करिब ९ः३० बजे घर नजिकैको करेसाबारीमा घाँस काट्ने क्रममा पानी तान्ने मोटरमा जोडिएको बिजुलीको तार अचानक काटिएपछि गोतामेलाई करेन्ट लागेर गम्भीर घाइते भएका थिए। घाइते गोतामेलाई उपचारका लागि हेटौंडास्थित सीएमसी अस्पताल ल्याइएको थियो।

उपचारकै क्रममा बिहान १०ः१० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। उनको शव सोही अस्पतालमा राखिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.