मृतकको कानबाट सुनको मुन्द्रा चोरी गरेको आरोपमा दुई जना पक्राउ

हेटौंडा । भोटेकोशी नदीमा आएको भीषण पहिरोसहितको बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृतकको शवबाट कानको मुन्द्रा निकालेर चोरी गरिरहेको भिडियो प्राप्त भएपछि अनुसन्धान अघि बढाइएको थियो। भिडियोको अनुसन्धानका क्रममा पहिचान भएका दुई जनालाई प्रहरीले बिहीबार भरतपुर महानगरपालिका–१, पोखरा बसपार्क नजिकबाट नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा नवलपरासी विनय त्रिवेणी नगरपालिका–१ घर भई हाल भरतपुर महानगरपालिका–१ लीलाचोकमा मामाघरमा बस्दै आएका २५ वर्षीय मदन गुरुङ र सुनसरी चादँबेला नगरपालिका–५ घर भई हाल भरतपुर–२ पोखरा बसपार्क सुपारी टोलमा बस्दै आएका ३८ वर्षीय उमेश चौधरी रहेका छन्।

प्रहरीका अनुसार उनीहरूले बाढीले बगाएर ल्याई नदीको छेउमा अड्किएको शवबाट सुनको मुन्द्रा चोरी गरेको देखिएको छ। घटनालाई प्रहरीले अमानवीय व्यवहारका रूपमा लिँदै दुवै जनामाथि थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.