हेटौंडा । मकवानपुर प्रहरीले जिल्लाको छुट्टाछुट्टै २ स्थानबाट विभिन्न परिमाणको अवैध लागूऔषधसहित ४ जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा १५ फायरलाइनबाट २ जना र हेटौंडा ३ लेवटबाट २ जना गरी ४ जनालाई पक्रेको हो ।
फारलाइनमा लागूऔषध बिक्री हुँदैछ भन्ने बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले स्थानीय ३९ वर्षला आइतमान थिङ र ३८ वर्षका सूर्य बललाई पक्रेको छ । प्रहरीले उनीहरुको साथबाट प्रतिबन्धित लागूऔषध खैरोहिरोइन ४८० मिलीग्राम फेला पारेको जनाएको छ ।
यस्तै मकवानपुर प्रहरीले हेटौंडा ३ लेवटस्थित पूर्वपश्चिम सडकखण्डमा सवारी तथा मानिस चेकिङ गर्ने क्रममा २ जना पक्राउ परेका छन् । प्रहरीले बा.७५ प ८२१७ नम्बरको मोटरसाइकल चालक हेटौंडा ३ लेवटका २२ वर्षला रवि स्याङतान र सोही मोटरसाइकलमा आएका राक्सिराङ गाउँपालिका १ का २४ वर्षका सुजन स्याङ्तानलाई पक्रेको छ ।
उनीहरुलाई शंकाको आधारमा खानतलासी गर्दा प्रतिबन्धित लागूऔषध खैरोहिरोइन ९ सय मिलीग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव काफ्लेले जानकारी दिए । पक्राउ परेका चारैजनालाई मकवानपुर जिल्ला अदालत हेटौंडाबाट लागूऔषध मुद्दामा म्याद अनुमति लिएर थप अनुसन्धान अघि बढाइएको उनले बताए ।
















