हेटौंडामा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, एक घाइते

Do not let children ride a motorcycle before enough age. because of our negligence would result in losing baby forever.

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–६ हात्तीलेटस्थित धरान-चतरा सडकखण्डमा शनिबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गौरीटारबाट चौघडा चोकतर्फ जाँदै गरेको प्रदेश २-०३-००९ प ७०२८ नम्बरको मोटरसाइकल तीव्र गतिका कारण सडकको रेलिङमा ठोक्किँदा अनियन्त्रित भई दुर्घटना भएको हो।

दुर्घटनामा मोटरसाइकल चालक हेटौंडा–६ निवासी अन्दाजी १७/१८ वर्षीय प्रतिक मानन्धर गम्भीर घाइते भएका थिए। उनको टाउको र छातीमा गम्भीर चोट लागेको अवस्थामा उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पुर्‍याइएकोमा दिउँसो ३:०० बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।

त्यस्तै, मोटरसाइकलको पछाडि सवार हेटौंडा–६ कै अन्दाजी १७ वर्षीय अंकुर लामा घाइते भएका छन्। उनको दुवै हात र बाँया खुट्टामा चोट लागेको छ भने अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि प्रहरी चौकी चौघडाबाट ट्राफिकसहितको टोली खटिएर घाइतेहरूको उद्धार गरी अस्पताल पठाएको थियो। दुर्घटनामा संलग्न मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.