तिलगंगा अस्पतालको सहयोगमा आसिकले पाए नयाँ दृष्टि

हेटौंडा । बाराको निजगढ नगरपालिका वडा नम्बर १ मा रहेको नेपाल राष्ट्रिय माध्यामिक विद्यालयमा कक्षा ३ मा अध्ययनरत आसिक वाइवा कक्षाकोठामा शिक्षक शिक्षिकाहरुले पढाएको सहजै बुझदैन थिए । विद्यालयको बोर्डहरुमा लेखिएको कुरा नजिकै गएर हेर्नु पर्दथ्यो ।

साथीसंगीहरुसँग पनि उनीहरु जस्तै खेल्न सक्दैन थियो । उनका मनमा साथीहरु जस्तै बसौ, उनीहरु जस्तै पढौ र उनीहरु जस्तै खेलौ भन्ने लागिरहेको थियो ।

सर्लाही परवानीपुर घर भएपनि उनका बावुआमा बहादुर सिंह वाइवा र आमा बिनिता गोलेले घरको आर्थिक अवस्थाको कारण भिनाजु शुक्र घलानको सहयोगमा निजगढमा बसेर पढाउन थालेका थिए । के कारणले गर्दा यस्तो भएको भनेर उ र उसको परिवारले मेसो पाउन सकेको थिएन ।

निजगढ तिलगंगा सामुदायिक आँखा अस्पतालको विद्यालय आँखा जाँच कार्यक्रम अन्तर्गत उनको विद्यालयमा आँखा जाँच कार्यक्रम गर्दा उनको आँखामा मोतिविन्दुको कारण दृष्टि कमजोर भएको पत्ता लागेको थियो । यसै अवस्थामा रहे भविष्यमा झन् दृष्टि खराव हुने भएकोले अस्पताल एवम् क्योर ब्लाइडनेस प्रोजेक्टको सहयोगमा तिलगंगा आँखा प्रतिष्ठानमा आसिकको वाइवाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न भएको छ ।

शल्यक्रिया पछि वाईवाले आफू अब अरु साथीहरु जस्तै पढ्न खेल्न कुदन् सक्ने भएकाले धेरै खुसी लागेको बताएका छन् । पछिल्लो समय हेटौंडा सामुदायिक आँखा अस्पतालले वाइबा जस्तै धेरैको मोतियाबिन्दुको सफल शल्यक्रिया गरी आँखा देख्न सक्ने अवस्था बनाएको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.