हेटौंडा । जेन्जी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार भएका एक कैदीलाई मकवानपुरबाट प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार लागूऔषध (अफिम) मुद्दामा २० वर्ष कैद सजाय भुक्तान गरिरहेका मकवानपुर बकैया गाउँपालिका-६ ज्यामिरे निवासी ३९ वर्षीय सुकलाल वाइवा पक्राउ परेका हुन्। उनी २०८२ भदौ २३-२४ गते भएको आन्दोलनका क्रममा कारागारबाट फरार भएका थिए।
खोजतलासका क्रममा इलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको टोलीले उनलाई मंगलबार बिहान करिब १० बजे बकैया गाउँपालिका-४ जुरेली बजारबाट पक्राउ गरेको हो।
पक्राउ परेका वाइवालाई आवश्यक कानुनी कारबाहीका लागि भीमफेदी कारागार पठाइएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्














