हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-४ मेन रोडस्थित राष्ट्रिय वाणिज्य बैंक नजिक एक हार्डवेयर पसलमा आगलागी भएको छ।
बुधबार बिहान करिब ५ बजे सटर बन्द रहेको ‘शिव सप्लायर्स’ नामक हार्डवेयर पसलमा आगलागी भएको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोली र हेटौंडा उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको थियो। आगलागी बिहान ५:२० बजे पूर्ण रूपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।
स्थानीय रुद्रनारायण साहको एकतले पक्की घरमा सञ्चालनमा रहेको उक्त पसल रौतहट बडहर्वा निवासी अनिता जैसवालले सञ्चालन गर्दै आएकी थिइन्। प्रारम्भिक अनुसन्धानअनुसार आगलागी करेन्ट सर्ट भएर लागेको हुन सक्ने अनुमान गरिएको छ।
आगलागीबाट भएको क्षतिको विस्तृत विवरण संकलन भइरहेको छ। घटनामा मानवीय क्षति भने नभएको बताइएको छ।
प्रतिकृया दिनुहोस्














