बागमती प्रदेश सरकारको अर्थ सम्बन्धी र विनियोजन विधेयक बहुमतले पारित

हेटौँडा । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२–०८३ को लागि ल्याएको बजेट बहुमतले पारित भएको छ । सोमबार बसेको प्रदेश सभा बैठकबाट अर्थ सम्बन्धी विधेयक र विनियोजन विधेयक बहुमतले पारित गरिएको हो ।

बैठकले प्रदेश सरकारको आगामी आर्थिक वर्षका लागि प्रस्ताव गरिएको ६७ अर्ब ४७ करोड ७३ लाख रुपैयाँको बजेट बहुमतले पारित गरेको हो ।

बैठकमा प्रदेश सरकारको तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले बजेट कार्यान्वयनका लागि प्रस्ताव पेस गरेका थिए । सभामुख भुवनकुमार पाठकले निर्णयार्थ पेस गरेपछि सत्तारुढ दलका सांसदहरूले समर्थन जनाएका थिए भने विपक्षी सांसदहरूले असहमति जनाएका थिए ।

त्यसअघि बजेटमाथि आइतबार र सोमबार बसेको बैठकमा छलफल भएको थियो । आजको बैठकमा छलफलमा उठेका प्रश्नको मुख्यमन्त्री बहादुर सिंह लामा र आर्थिक मामिला मन्त्री काफ्लेले आ–आफ्नो तर्फबाट जवाफ दिएका थिए ।

बैठकमा बजेटसँगै प्रस्तुत गरिएको पुरक प्रस्तावलाई पनि विनियोजन विधेयकको अङ्ग बनाउने प्रस्ताव पनि स्वीकृत गरिएको छ । बैठकमा सांसदहरु क्रमशः देवेन्द्र श्रेष्ठ, प्रेम पुलामी, रुकु चौलागाई, सुष्पा भुजेल, उर्मिला कुमारी लामा र सृजना सायजुलले विभिन्न शीर्षकमा खर्च कटौतीको प्रस्ताव दर्ता गराए थिए । ती प्रस्तावहरू बहुमतले अस्वीकृत भएका छन् ।

यसैगरी, बैठकमा आशा लामा र कुमारी तामाङले संयुक्त रूपमा दर्ता गरेको प्रस्ताव भने प्रस्तुत हुन सकेन ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.