मकवानपुरका अधिकांश स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै

हेटौँडा। मकवानपुर जिल्लाका अधिकांश स्थानीय तहहरूले आज आगामी आर्थिक वर्ष २०८२-०८३ का लागि नीति, कार्यक्रम र बजेट सार्वजनिक गर्दै छन् ।

संविधान र कानुनले तोकेको समयसीमाभित्र बजेट पारित गर्नुपर्ने प्रावधानअनुसार जिल्लाका आठ पालिकाहरूले आज आ–आफ्ना सभा बोलाउँदै आर्थिक दृष्टिकोण र विकास योजना सार्वजनिक गर्न लागेका हुन्।

जिल्लामा रहेका १० स्थानीय तहहरूमध्ये मनहरी गाउँपालिका र बागमती गाउँपालिकाले केही दिनअगाडि नै आफ्नो नीति तथा कार्यक्रमसहित बजेट सार्वजनिक गरिसकेका छन्।

ती बाहे्क हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिका, भीमफेदी, मकवानपुरगढी, राक्सिराङ, बकैया, कैलाश र इन्द्रसरोवर गाउँपालिकाले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्ने भएका हुन्।

केही पालिकामा मस्यौदा सार्वजनिक भइसकेको छ भने अधिकांशमा प्रमुख प्रशासकीय अधिकृत, आर्थिक विकास शाखा, जनप्रतिनिधि तथा सरोकारवालाबीच छलफल पश्चात् बजेटको प्राथमिकता र स्रोत व्यवस्थापनबारे अन्तिम मस्यौदा तयार गरिएको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.