चैत १७ देखि मानवसेवा आश्रमले महायज्ञ गर्दै , तयारी अन्तिम चरणमा

हेटौंडा यहि चैत १७ गतेदेखि २४ गतेसम्म हेटौंडाको मानवसेवा आश्रमले आयोजना गर्न लागिएको १० औं श्रीमद् भागवतको सप्ताह महायज्ञ कार्यक्रमको सम्पुर्ण तयारी अन्तिम चरणमा भएको जनाएको छ ।

शुक्रवार हेटौंहेटौंडा–९ स्थित मानसेवा आश्रमको मुख्य कार्यालयमा पत्रकार सम्मेलनको अयोजना गर्दै आश्रमका अध्यक्ष रामजी अधिकारीले श्रीमद् भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञको सम्पुर्ण तयारी अन्तिम चरण रहेको जानकारी दिए ।

महायज्ञको समुदघाटन बागमती प्रदेशका मुख्य मन्त्री बहादुर सिंह लामाबाट चैत्र १७ गतेको बिहान ९ः०० बजे समुद्घाटन गर्ने कार्यक्रम तय भएको उनले जानकारी दिए । मानवसेवा आश्रमको मुख्य कार्यालय हेटौंडा सेवाकेन्द्रमा आजको दिनसम्म २४१ जना मानवहरू संरक्षणमा छन् ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.