समाज सुधारका निम्ति शिक्षकको भुमिका अतुलनिय छ: अर्थमन्त्री काफ्ले

हेटौंडा हेटौंडा उपमहानगपालिका–२ स्थित पल्पसा सदनमा नेपाल शिक्षक संघ जिल्ला कार्यसमिति मकवानपुरको आयोजनामा २३ औँ जिल्ला प्रतिनिधि सभा कार्यक्रम सम्पन्न भएको छ । नेपाल शिक्षक संघ जिल्ला समितिका सभापति गणेश हुमागाँइको सभाध्यक्षता तथा वागमति प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रि कुन्दनराज काफ्लेको प्रमुख आतिथ्यता कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको सम्बोधन गर्दै अर्थमन्त्री काफ्ले ज्ञान र शिक्षाको अग्रणि क्षेत्रमा रहेर भुमिका निर्वाह गर्ने शिक्षकहरु प्रति सम्मान रहेको बताए । समाजमा शुसानको आन्दोलनको अनिवार्य आवस्यकता र त्यसका लागि महत्त्वपूर्ण भुमिका शिक्षकको रहेको उनले बताए । ‘अबको पुस्ता ठिकलाइ ठिक र वेठिकलाइ वेठिक भन्ने पुस्ताको निर्माण गर्नुपर्छ त्यो निर्माण गर्ने जिम्मा शिक्षकको रहेको छ । विचार भनेको चलायमान हुन्छ तर कोहि पनि व्यक्ति विचार हिन हुन्न उनले भने , ’ ‘विचार हिन व्यक्ति निर्जिव हुन्छ, अभिभावकले सन्तान हुर्कायपछि उनिहरुको दायित्व सकिए जस्तो शिक्षकको भुमिका सकिँदैन । ’

शिक्षकहरुको भुमिका अतुलनिय र सिमाहिन हुने बताउँदै मन्त्री काफ्लेले आफ्नो पहलमा हुने हरेक सहयोग गर्ने प्रतिवद्दता व्यक्त गरे । कार्यक्रममा लगनशिल भइ शैक्षिक क्षेत्रमा उल्लेखनिय काम गरेको भन्दै मावि अन्तर्गत प्रध्यानाध्यापक राजेन्द्र थापा, निमावि प्रध्यानाध्यापक तुल वहादुर सुनार प्रावि तर्फ प्रध्यानाध्यापक घडलाल स्याङ्लानलाई सम्मान गरिएको थियो ।

त्यस्तै उत्कृष्ट विधालयमा मावि तर्फ भिमफेदि ८ स्थित पन्चकन्या मावि, निमावि अन्तर्गत हटौडा उपमहनगरपालिका –१ स्थित कालिका आधारभुत विधालय, बागमती गाउँपालिका–१ स्थित गिता आधारभुत प्रावि भोर्लेनि, स्थानिय तह अन्तर्गत बकैया गाउँ कार्यसमिति उत्कृष्ट घोषित भएको छ । कार्यक्रममा नेपाल शिक्षक संघको विभिन्न पदिय भुमिका निर्वाह गरि योगदान दिई शिक्षा पेशावाट सेवा निवृत्त भएका रामकुमार अधिकारी लाई सम्मान गरिएको थियो ।

यसैगरी , कार्यक्रममा हेटौंडा उपमहानगरपालिका–१८ स्थित बाल उज्जवल माविका शिक्षक फिरोज जर्गा, विधालयकी शिक्षिका नम्रता नेपाल, हेटौंडा उपमनपा–१ गोरक्षश्वरधाम स्थित संस्कृत बोध विधालयका शिक्षक सविन नेपाल नेपाल शिक्षक संघ जिल्ला कार्यसमितिमा प्रवेश गरेका थिए ।

कार्यक्रममा शिक्षक संघ बागमती प्रदेश अध्यक्ष दिपक सिंम्खडा, नेपाली काङ्ग्रेस मकवानपुर जिल्ला प्रवक्ता अर्जुन चौलागाइ, नेपाली काङ्ग्रेस पुर्व सभापति तथा सल्लाहकार माइकल रामचन्द्र अर्याल, पुर्वसभापति रघुरमण न्यौपाने, संघका जिल्ला अर्थ सचिव धनवहादुर लामा लगायतको उपस्थिती रहेको थियो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.