अदालतको आदेशपछि हेटौंडाको फोहोर सङ्कलन कार्य स्थगित

हेटौँडा उच्च अदालत पाटन हेटौँडा इजलासले हेटौँडा उपमहानगरपालिकाको डम्पिङ साइटमा फोहोर फाल्न निषेधाज्ञा जारी गरेसँगै बिहीबारबाट हेटौँडा उपमहानगरपालिकाले फोहोर नउठाउने भएको छ । उपमहानगरपालिकाले सूचना जारी गर्दै फोहोर नउठाउने जानकारी दिएको हो ।

हेटौँडा–१०, राप्तीतटस्थित डम्पिङ साइटको व्यवस्थापन हुन नसकेको, डम्पिङ साइटमा आगलागी भएर वातावरण प्रदूषण भएको भन्दै योगेन्द्रप्रसाद उपाध्यायले दायर गर्नु भएको रिट निवेदनमा उच्च अदालत पाटन हेटौँडाका न्यायाधीश डा.निर्मला पौडेल भट्टराईको एकल इजलासले मङ्गलबार निषेधाज्ञा जारी गरेका थिए ।

हेटौँडा उपमहानगरपालिका र फोहोर व्यवस्थापनमा हेटौँडा उपमहानगरसँग सहकार्य गर्दै आएको ग्रीन एण्ड क्लिन सर्भिसेज नेपालविरुद्ध उपाध्यायले रिट निवेदन दर्ता गराएको थियो । न्यायाधीश भट्टराईको इजलासले माघ २९ गते दुवै पक्षलाई अदालतमा उपस्थित हुन र हाललाई डम्पिङ साइटमा फोहोर नफाल्न आदेश जारी गरेको हो ।

ग्रीन एण्ड क्लिन सिटी हेटौँडाका सञ्चालक नवराज खतिवडाले दैनिक फोहोर सङ्कलनको कार्य नगर्न उपमहानगरबाट जानकारी प्राप्त भएसँगै फोहोर सङ्कलनको कार्य रोकिएको जानकारी दिए । ग्रीन एण्ड क्लिन सिटी सर्भिसेजले हेटौँडा उपमहानगरका १९ वटै वडाबाट २२ हजारभन्दा बढी घरधुरीबाट दैनिक २६ सय टन फोहर सङ्कलन गरेर व्यवस्थापन गर्दै आएको छ । हेटौँडा उपमहानगरपालिकाले २०२६ सालदेखि हेटौँडा–१०, राप्तीतट नजिक फोहोर व्यवस्थापन गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.