हेटौंडामा सुरु भयो प्रदेशस्तरीय महिला उद्यमी सम्मेलन

हेटौँडा महिलाको लगानी घर घरमा उद्यमी भन्ने नाराका साथ बागमती प्रदेशको राजधानी हेटौंडामा प्रदेशस्तरीय महिला उद्यमी सम्मेलन सुरु भएको छ । महिला उद्यमीले उत्पादन गरेका सामग्री प्रवद्र्धन तथा बजारीकरण गर्ने उद्देश्यले प्रदेशको उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको आयोजना तथा नेपाल उद्योग वाणिज्य महासंघ महिला उद्यमी बागमती प्रदेश समितिको समन्वयमा सम्मेलन आयोजना गरिएको हो ।

मेलाको उद्घाटन गर्दै मुख्यमन्त्री बहादुर सिंह लामाले महिला सशक्तीकरणको लागि आर्थिक रुपमा महिला सबल हुनुपर्ने बताए । विश्व बजारमा प्रतिस्पर्धामा जाने उत्पादनमा लाग्न महिला उद्यमीलाई सुझाव दिदैँ मुख्यमन्त्री लामाले यसका लागि प्रदेश सरकारले यथासक्य सहयोग गर्ने प्रतिबद्धता जनाए ।

सोही कार्यक्रममा बोल्दै प्रदेशकी उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री सुकमाया तामाङले देशको आर्थिक संवृद्धिमा महिला उद्यमीको भूमिका महत्वपूर्ण रहेको बताईन् । महिलालाई उद्यमशील बनाउन प्रदेश सरकारले विभिन्न कार्यक्रमहरु ल्याइरहेको उनको भनाई छ । मन्त्री तामाङले उद्योग वाणिज्य नीति बनाउन प्रदेश सरकारले नीति संवाद गरिरहेको समेत दाबी गरिन् ।

मेलामा बागमती प्रदेशको १३ वटै जिल्लाका महिलाले स्थानीय श्रोत साधनको प्रयोगबाट उत्पादन गरेका हस्तकलाका सामग्री, मकैको खोस्टाको सजावटका सामग्री, अल्लोको कपडा, अचार, क्रिष्टल काठ तथा बाँसका सामग्रीहरु बिक्रि तथा प्रदर्शनीका लागी राखिएको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.