हेटौंडा क्याम्पसमा अनेरास्ववियुको प्रशिक्षण, अबको गन्तव्य बारे बहस

हेटौंडा । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) प्लस टु क्याम्पस कमिटीले हेटौंडा क्याम्पसमा प्रशिक्षण गरेको छ ।

क्याम्पस कमिटीका संयोजक रिजन जिसीको सभाध्यक्षता तथा अनेरास्ववियु केन्द्रीय कमिटी सचिवालय सदस्य तथा उपत्यका विशेष बागमती प्रदेश इञ्चार्ज नितेश लामिछानेको प्रमुख आतिथ्यतामा प्रशिक्षण भएको हो । प्रशिक्षण कार्यक्रममा विद्यार्थी आन्दोलनको कार्यदिशा, दक्ष जनशक्ति उत्पादनमा भूमिका, युवा उद्यममा अग्रसरता लगायतका विषयलाई लिएर अबको गन्तव्य बारे बहस भएको छ ।

कार्यक्रममा प्रमुख वक्ताका रुपमा नेकपा एमाले मकवानपुरका जनसंगठन संयन्त्र प्रमुख सन्तोष पाडेल गरेका थिए । पार्टी जिल्ला कमिटी सदस्य तथा विद्यार्थी इञ्चार्ज आकाश अधिकारी, नेकपा एमाले मकवानपुरका जिल्ला कमिटी सदस्य शिवहरि दाहाल, अनेरास्ववियु मकवानपुरका संयोजक नवराज शर्मा पौडेल, क्याम्पसका स्ववियु अध्यक्ष अभि मैनाली, भरतमोहन देवकोटालगायतको आतिथ्यता रहेको थियो ।

पार्टी जनसंगठन संयन्त्र प्रमुख सन्तोष पौडेलले जनसंगठनको भुमिका र कामकर्तव्यको बारेमा प्रशिक्षण दिएका थिए । विद्यार्थी इञ्चार्ज अधिकारीले अनेरास्ववियु मकवानपुरलाई सक्रिय र थप शसक्त बनाउनुपर्नेमा जोड दिएका थिए । उनले अनेरास्ववियु नेता उत्पादन गर्ने नर्सरी मात्रै नभई मुलुकलाई आवश्यक पर्ने दक्ष जनशक्ति, उद्यमी र सामाजिक लिडरसमेत उत्पादन हुने नर्सरीका रुपमा विकास गर्नुपर्ने उनले बताए ।

पार्टी जिल्ला कमिटी सदस्य दहालले अनेरास्ववियुको परिचय र इतिहासका बारेमा जानकारी दिएका थिए । अनेरास्ववियु केन्द्रीय सदस्य नितेश लामिछानेले अबको विद्यार्थीको आवश्यकतालाई ध्यानमा राखेर जेन्जी पुस्तालाई हुने गरि अनेरास्ववियु लाग्ने कुरामा प्रष्ट पारे । अनेरास्ववियु मकवानपुरका संयोजक पौडेलले संगठनको कार्ययोजनाको बारेमा जानकारी दिएका थिए ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.