मकवानपुर । अखिल (क्रान्तिकारी) जिल्ला समिति मकवानपुरले हेटौँडा उपमहानगरपालिका वडा नम्वर २, चौकीटोलस्थित ॐ वृद्धाश्रमलाई खाद्यान्न सामाग्री वितरण गरेको छ । अखिल क्रान्तिकारी मकवानपुरले २६ औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा मंगलबार बिहान एक कार्यक्रमबीच वृद्धाश्रमलाई खाद्यान्न वितरण गरेको हो ।
कार्यक्रममा वृद्धाश्रममा आश्रित १०२ बर्षिय बयोबृद्धमार्फत बृद्धाश्रामलाई चामल, दाल, आँटा, नुनलगायत खाद्यान्न सामग्रीहरु हस्तान्तरण गरिएको थियो । उक्त सामग्री अखिल (क्रान्तिकारी) जिल्ला समिति मकवानपुर अध्यक्ष बुद्धराज अर्यालको अध्यक्षता एवम् नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश उपाध्यक्ष एवम् बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामीको प्रमुख आतिथ्यतामा हस्तान्तरण गरिएको हो । सो क्रममा बोल्दै प्रमुख अतिथि पुलामीले मानव सेवा नै सबैभन्दा ठुलो धर्म भएको बताए ।
यस्तै, युवा पुस्तामा सामाजिक उत्तरदायित्व, सहयोग र मानवीय संवेदनशिलताको भावना विकास गर्नु रहेको अखिल (क्रान्तिकारी)का अध्यक्ष बुद्धराज अर्यालले बताए ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश सचिवालय सदस्य तथा मकवानपुर जिल्ला संयोजक भिम पाख्रिन, प्रदेश सचिवालय सदस्य तथा जिल्ला समन्वय समितिका प्रमुख ललित घलान, प्रदेश सदस्य बिबेक राई, ॐ वृद्धाश्रमका अध्यक्ष शिद्धिलाल श्रेष्ठ, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य ध्रुबराज ढकाल, केन्द्रीय लेखा समिति सदस्य राज सापकोटा अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य एवम् मकवानपुर ईञ्चार्ज राजेन्द्र मोक्तान बागमती प्रदेश सदस्य पुष्पा सुनार लगायतको उपस्थिति रहेको थियो ।
बृद्धाश्रममा खाद्यान्न सहयोगका लागि महा खाद्यान्न भण्डार हेटौंडाका सञ्चालक अभिशेक गुप्ताले आवश्यक सामग्री सहयोग गरेका थिए । हाल बृद्धाश्रममा ६० बर्ष देखि १०२ बर्षसम्मका २६ जना बृद्धबृद्धा आश्रित रहेको बृद्धाश्रमका अध्यक्ष शिद्धिलाल श्रेष्ठले बताए ।
असहाय बृद्धबृद्धाहरुको लागि स्थानीय निकायको सिफारिशमा निशुल्क आश्रयको ब्यवस्था भएको र परिवारको सहमतिमा शशुल्क पनि बृद्धबृद्धाहरुले आश्रय लिन सक्ने अध्यक्ष श्रेष्ठले बताए । उनका अनुसार, बृद्धाश्रममा १ जना नर्स र ५ जना कर्माचारीहरुले नियमित सेवा समेत दिने गरेको छ ।
अखिल (क्रान्तिकारी) जिल्ला सचिव छोईसाङ लामाले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष दिपक लामाले स्वागत गरेका थिए ।

















