भीमफेदी–कुलेखानी सडकखण्डमा सुख्खा पहिरोले सडक अवरुद्ध, खुलाउन २–३ घण्टा लाग्ने

हेटौंडा । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–४ स्थित महालक्ष्मी खोलामा सुख्खा पहिरो खसेर भीमफेदी–कुलेखानी–फाखेल हुँदै काठमाडौँ जोड्ने सडक अवरुद्ध भएको छ ।

आइतबार (आज) साँझ करिब ४:०० बजे पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको हो। फाखेल प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले पहिरो पन्छाउने कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

प्रहरीका अनुसार पहिरो पन्छाएर सडक खुलाउन करिब २ देखि ३ घण्टा लाग्ने अनुमान गरिएको छ। अहिले सडकको दुबैतर्फ सवारी साधन रोकिएका छन्।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.