विराटनगर । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२–०८३ का लागि ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आइतबार प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले आगामी वर्षको अनुमानित बजेट प्रस्तुत गरेका हुन्।
बजेटमध्ये चालू खर्चतर्फ १८ अर्ब ६७ करोड ३३ लाख, पूँजीगत खर्चतर्फ १७ अर्ब १० करोड, र वित्तीय व्यवस्थापनतर्फ १० करोड रुपैयाँ विनियोजन गरिएको छ ।
यो बजेट चालु आर्थिक वर्षको तुलनामा १ दशमलव १७ प्रतिशतले बढी हो। चालु वर्षको बजेट ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको थियो।
मन्त्री मगरले बजेट प्रस्तुत गर्दै प्रदेशको आर्थिक स्थायित्व, पूर्वाधार विकास, रोजगारी सिर्जना र सामाजिक क्षेत्रको सुदृढीकरणलाई प्राथमिकतामा राखिएको जानकारी दिए ।
प्रतिकृया दिनुहोस्

















