मकवानपुरगढीमा सार्वजनिक सुनुवाइ, कृषकका समस्या समाधानमा सहयोग गर्ने सांसदहरुको प्रतिवद्धता

हेटौंडा । मकवानपुरगढी गाउँपालिका वडा नम्बर–३ मक्रान्चुलीमा सार्वजनिक सुनुवाइ कार्यक्रम आज गरिएको छ । जनपत्र मिडिया प्रा.लि. हेटौंडा–२ को आयोजना तथा संसद सहयोग परियोजना संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) को सहकार्यमा कृषकका समसामयिक समस्याहरुको समाधानमा सांसदहरुको भुमिका सम्वन्धमा सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको हो ।

कार्यक्रमको उद्घाटन् बागमती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण समितिका सभापति आनन्द कुमार श्रेष्ठले गरे । मकवानपुर लगायत बागमती प्रदेशभरीका जिल्लाका किसानका धेरै खालका समस्या बढ्दै गएको बताउँदै उहाँले किसानले आफ्ना खेतबारीमा धार, मकै लगायतका अन्नबाली रोप्दा मल नपाउने समस्या, दूधको भुक्तानी बेलैमा नपाउने समस्या निकै बढेको बताए ।

किसानका समस्याका विषयमा आफुहरुले संसद र समितिमा समेत उठाउने बताए । किसानले उत्पादन गरेका अन्नबाली र तरकारीको मुल्य कम पाउने अनी बिचौलिया मार्फत बिक्री गर्नुपर्दाको समस्या निकै रहेको समस्यमा दूधको भुक्तानी नपाउने समस्याले किसान झनै आजित बनेको समितिका सभापति श्रेष्ठले बताए । हरेक वर्ष खेप्नुपरेको सहभागि किसानहरुले गुनासो गरेका छन् । गाइ, भैसी, कुखुरालाई महगो मुल्यमा दाना बिक्री गर्नुपर्ने तर, आफ्नो उत्पादन भने सस्तो मुल्यमा बिक्री गर्नुपर्ने बाध्यतामा किसानहरु रहेका छन् । यो समस्या भोग्ने किसानहरु बागमती प्रदेशमा धेरै रहेका छन् ।

कार्यक्रममा बागमती प्रदेशका पूर्व मन्त्री तथा प्रदेश सभा सदस्य एका लाल श्रेष्ठ, प्रदेशसभाका सदस्यहरु प्रेमबहादुर पुलामी, शुस्मा भुजेल न्यौपाने, बालकुमारी विस्वकर्मा लगायतकाले किसानहरुको सहमस्या समाधानमा आफुहरु सधैब हातेमालो गरेर अगाडी बड्ने बताए । कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङतान, गढी गाउँपालिका वडा नम्बर–३ का वडा अध्यक्ष भागवत घिमिरे, जिल्ला दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड मकवानपुरका अध्यक्ष हरि प्रसाद कडेंल लगायतकाले मन्तब्य व्यक्त गरेका थिए ।

कार्यक्रममा मकवानपुरगढीको मनकामना दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष अर्जुन प्रसाद दाहाल, व्यावस्थापक शशी लंसाल लगायतकाले किसानहरुले अहिले भोग्नुपरेका दूधको भुक्तानीका समस्या र समग्रगढीका किसानले बिभीन्न क्षेत्रमा भोगेका समस्याहरु राखेका थिए । मकवानपुरका किसानका समस्या झनै कहाली लाग्दो छ । यहाँका किसानले उत्पादन गरेको दूधको भुक्तानी नपाउँदा निकै समस्या भोग्दै आएको आज आयोजित सार्वजनिक सुनुवाइका क्रममा बताएका छन् ।

यहाँका किसानले दूग्ध सहकारीमा बिक्री गरेको दूध सरकारी स्वामित्वमा रहेको हेटौंडा दूग्ध वितरण आयोजना र निजी लगानीका डेरीहरुले खरिरद गर्दै आएका छन् । तर, दूधको भुक्तानी समयमानै नदिदा किसानहरु चिन्तित बनेका छन् । जिल्ला दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडका लागि सरकारी र निजी डेरी गरेर १८ वटा उद्योगले बितेको बैशाख मसान्त सम्ममा २२ करोड ५ लाख ३७ हजार १७५ रुपैयाँ भुक्तानी रकम किसानलाई दिन बाँकी छ । यो रकम यहाँका किसानका लागि ठुलो रकम हो ।

दूध बिक्री गरेर आफ्ना छोराछोरी, परिवार पाल्ने मात्र नभइकन घर खर्च धान्ने मुख्य श्रोत भनेको दूध बिक्री वापतको कम हो । किसानसंग उधारोमा दूध खरिद गर्ने बिक्री गरेर नगदमा उद्योगहरुले बिक्री गर्ने गरेका छन् । नगद जम्मा भएको रकम किसानलाई भुक्तानी गर्नु भन्दा पनि केही उद्योगले त अन्यत्र समेत खर्च गरेका छन् । बितेको आर्थिक वर्षमा मात्र १८ वटा डेरी उद्योगले २९ करोड ६८ लाख ४६ हजार ८८६ रुपैयाँ मकवानपुरका किसानलाई भुक्तानी गर्न बाँकी रहेको छ । किसानको दूधको भुक्तानी नदिनेमा सबै भन्दा अगाडी सरकारी स्वामित्वमा रहेको हेटौंडा दुग्ध वितरण आयोजना रहेको छ । हेटौंडा दुग्ध वितरण आयोजनाले मात्र बितेको बैशाख मसान्त सम्ममा १ करोड २२ लाख ८८ हजार भुक्तानी गर्न बाँकी रहेको छ ।

मकवानपुरका किसानहरुको दूध खरिद गरेर नियमित रुपमा रकम भुक्तानी गर्ने निजी डेरीहरु पनि २६ वटा रहेका छन् । उनीहरुले दूध खरिद गरेवापत नियमित रुपमा दूधको भुक्तानी रकम जिल्ला दुग्ध उत्पादक सहकारी संघलाई दिने गरेका छन् । तर, १८ वटा अरु उद्योगहरुले किसानको दूध खरिद गर्ने तर, भुक्तानी रकम दिनका लागि सधै आलटाल गर्ने गरेका छन् । किसानको दूधको भुक्तानीमा ढिलाइ गर्ने निजी र सरकारी उद्योगहरुले बेलावखत रकम पनि दिने गरेका छन् । तर, जती रकमको दूध खरिद गरेको हो त्यती रकम भने भुक्तानी नगरेका हुन् । बितको फागुन महिना देखि बैशाख सम्ममा ३६ करोड ३१ लाख ९२ हजार ७०२ रुपैयाँ किसानले भुक्तानी रकम पनि पाएका छन् ।

जिल्ला दुग्ध उत्पादक सहकारी संघले दैनिक रुपमा ५३ हजार लिटर दूध खरिद गरेर बिक्री गर्दै आएको छ । यसैगरी मकवानपुरको मनहरी र बकैया गाउँपालिकाको सहकार्यमा ती दुइ पालिकाले सिधै निजी डेरीहरुलाई दूध बिक्री गर्दै आएका छन् । त्यस दुइ पालिकाको र खुल्ला रुपमा किसान आफैले समेत गरेर बिक्री गरिने दूध हरेक दिन एक लाख लिटर बिक्री हुँदै आएको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.