हेटौँडामा फ्रि फायर प्रतियोगिता हुँदै

हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडामा फ्रि फायर प्रतियोगिता हुने भएको छ । नेश्नल गोल्ड टेलिभिजनको आयोजनामा हेटौँडामा पहिलो पटक फ्रि फायर प्रतियोगिताको आयोजना गर्न लागेको हो ।

‘शारीरिक मात्र नभई मानसिक र प्रविधिको खेललाई पनि प्रोत्साहन गरौँ, युवाहरुलाई सत्मार्गमा हिँड्न प्रेरित गरौँ’ भन्ने नारासहित उक्त प्रतियोगिताको आयोजना गर्न लागेको बुधबार पत्रकार सम्मेलनमार्फत् जानकारी गराइएको हो ।

प्रतियोगिता भोलि बिहीबारबाट विधिवत शुभारम्भ हुनेछ । यही जेठ १७ गतेसम्म हुने प्रतियोगिताको लागि जेठ ६ गतेसम्म खुला गरिएको निःशुल्क रजिष्ट्रेशनबाट प्रतियोगितामा एक हजार वटा समूहले सहभागिता जनाउने पक्का भएको आयोजक टिभीका अध्यक्ष उज्वल चौलागाईंले जानकारी दिए ।
सहभागी प्रत्येक समूहमा एक जना वैकल्पिक खेलाडीसहित ५ जनाको सहभागिता रहने बताइएको छ । क्वाटरफाइनल, सेमिफाइनल र फाइनल खेल हेटौंडाको हिमालयन दरवार पार्टी प्यालेसमा आयोजना हुने उनको भनाई छ ।

देशभरका १६ वर्ष पूरा भएका खेलाडीहरुले गुगल फर्ममार्फत् रजिष्ट्रेशन गरेर सहभागिता जनाउन लागेको प्रतियोगिता संयोजक उत्सर्ग चौलागाईले बताए । उनका अनुसार, एक पटकमा १२ वटा टिमका ४८ जनाले खेलमा सहभागिता जनाउनेछन् ।

पछिल्लो समय इ–स्पोट्समा लाग्ने युवाहरुको संख्या बढ्दो भएकोले यो प्रतियोगिताको आयोजना गरिएको उनले बताए । एकलाख प्राइज फुल रहने यस प्रतियोगितामा देशैभरबाट सहभागिता रहेको उनले बताए ।

मकवानपुरमा यत्तिको पुरस्कार राशीको इ–स्पोट्सको आधिकारीक प्रतियोगिता यो नै पहिलो र नेपालको सन्दर्भमा ठूलो मध्येको प्रतियोगिता हुने आयोजकको दाबी छ ।

करिब ५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको सो प्रतियोगिताको लागि हेटौंडा स्कूल अफ म्यानेजमेण्ट, बागमती प्रदेश खेलकुद विकास परिषद्सहित विभिन्न संघसंस्थाले सहयोग गरेको आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.