लोकतान्त्रिक निर्माण व्यवसायी मकवानपुरमा कंडेलको नेतृत्व

हेटौंडा । नेपाली कांग्रेस निकटको लोकतान्त्रिक निर्माण व्यवसायी संघ मकवानपुरको अध्यक्षमा बालगोपाल कंडेल चयन भएका छन् । आइतबार कांग्रेस पार्टी कार्यालय हेटौंडामा भएको संघको जिल्ला भेलाले कंडेलको अध्यक्षतामा कार्यसमिति चयन गरेको हो ।

उनी निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष समेत हुन् । संघको उपाध्यक्षमा शिवबहादुर थापा र भवनाथ अधिकारी, महासचिव सुरज बर्तौला, उपमहासचिव नवराज पाठक र कृष्ण नकर्मी, कोषाध्यक्ष हरेराम पुडासैनी, सहकोषाध्यक्ष आकाश गोले तथा सदस्यमा अजित मानन्धर, अमित कंडेल, हेमन्तकुमार थापा, बालकृष्ण केसी, निर्माण न्यौपाने, राजन घिमिरे र विजय गोपाली रहेका छन् । लोकतान्त्रिक निर्माण संघका सल्लाहकारमा ईश्वर पण्डित, पशुपति रिजाल, भीमसेन श्रेष्ठ र मिठाराम दाहाल रहेका छन् ।

अध्यक्षमा चयन भएका कंडेलले सबैलाई समेट्दै संस्थागत एवम् व्यवसायिक हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे । लोकतान्त्रिक निर्माण व्यवसायी संघको नेतृत्व गर्ने मौका पाएकोमा उनले खुसी व्यक्त गरे । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेको प्रमुख आतिथ्यतामा भएको भेलामा नेपाली कांग्रेस मकवानपुर सभापति बुद्ध लामा, पूर्व सभापति रघुरमण न्यौपाने, लोकतान्त्रिक निर्माण संघका विभागीय सचिव इञ्जिनियर आङ्दोर्जे लामालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

मन्त्री काफ्लेले राष्ट्र निर्माणमा योगदान पु¥याउने निर्माण व्यवसायीलाई राज्यले उचित सम्मान गर्नुपर्ने धारणा राखे । निर्माण व्यवसायी संग सम्बन्धित समस्या समाधान र समन्वयका लागि प्रदेश सरकार सदैव तयार रहेको उनको भनाई थियो । कार्यक्रममा कांग्रेसका नेताहरुको आतिथ्यता रहेको थियो । कार्यक्रमकाबीच हेटौंडा ९ का निर्माण व्यवसायी निर्माण न्यौपाने कांग्रेसमा प्रवेश गरेका थिए ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.