हेटौंडामा सुमोको ठक्करबाट मोक्तान गम्भीर घाइते

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८, कमानेमा आज बिहान सुमोको ठक्करबाट पैदलयात्री गम्भीर घाइते भएका छन् । घाइते हुनेमा बाराको जितपुर सिमरा उपमहानगरपालिका— २१ बस्ने अन्दाजी ५५ वर्षीय जय बहादुर मोक्तान रहेको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

उनका अनुसार, बिहान अन्दाजी ९ः५० बजेको समयमा कमाने मास्टर चोक नजिकै पूर्व पश्चिम सडकखण्डमा काठमाडौंबाट बीरगञ्जतर्फ जाँदै गरेको ना १ ज ६९६४ नम्बरको सुमोले पैदलयात्री मोक्तानलाई ठक्कर दिँदा गम्भीर घाइते भएका हुने ।

घाइते मोक्तानलाई उपचारको लागि हेटौंडा अस्पताल लगिएकोमा विहान १०ः५० बजेको समयमा पुरानो मेडिकल कलेज भरतपुर रिफर गरिएको प्रहरी नायव उपरीक्षक अर्यालले बताए । घाइते मोक्तानको शरीरको विभिन्न भागमा चोट लागेको र अवस्था गम्भीर रहेको उनले बताए ।

प्रहरीले सुमो चालक पर्साको बहादुर माई नगरपालिका— ९ बस्ने वर्ष २४ को सन्तु राउत कुर्मी र सुमो प्रहरीको नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.