हेटौंडामा प्रविधिको प्रयोग र सञ्चार क्षेत्रको बदलिँदो परिस्थिति विषयक अभिवृद्धि तालिम सुरु

हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा प्रविधिको प्रयोग र सञ्चार क्षेत्रको बदलिँदो परिस्थिति विषयक दुई दिने क्षमता अभिवृद्धि तालिम सुरु भएको छ । तालिम नेपाल पत्रकार महासंघ मकवानपुरको समन्वय तथा सुनौलो सिसौट नेपालको आयोजनामा आजबाट सुरु भएको हो ।

नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको सभाध्यक्षतामा भएको तालिमको उद्घाटन जिल्ला समन्वय समिति प्रमुख ललित बहादुर घलानले गरेका हुन् ।

सो क्रममा बोल्दै प्रमुख अतिथि घलानले पछिल्लो समय प्रविधिको तीव्र विकाससँगै पत्रकारिता क्षेत्रमा नयाँ अवसरसँगै विभिन्न चुनौतीहरू पनि थपिएको बताए । उनले सत्य–तथ्यमा आधारित रहेर व्यवसायिक पत्रकारिता गर्दै चूनौतीहरू पार गर्नुपर्नेमा जोड दिए ।

यस्तै, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष अधिकारीले पत्रकारिता अहिले डिजिटल प्लेटफर्ममा रूपान्तरण भइसकेको उल्लेख गरे । पत्रकारिता क्षेत्रमा देखिएका विकृती विसङ्गतीलाई चिर्दै समाजलाई नयाँ ढङ्गमा लैजान सञ्चारकर्मीले नतृत्वदायी भूमिका खेल्नुपर्ने बताए ।

तालिमको पहिलो दिन पत्रकार दिलभूषण पाठकले पत्रकारितामा प्रविधिको प्रयोग, पत्रकारितामा लैङ्गिक संवेदनशीलता लगायतका विषयमा अनुभव सहित प्रशिक्षण दिएका थिए ।

त्यस्तै, प्राध्यापक डा. निमेष निखिलले समाचार लेखनमा भाषिक शुद्धता बारेमा प्रशिक्षण दिएका थिए भने आइटी इञ्जिनियर विवेकानन्द न्यौपानेले पत्रकारितामा सूचना प्रविधिको समुचित प्रयोग, साइबर सुरक्षा, डिजिटल प्लेटफर्मको सदुपयोगलगायत विषयमा व्यावहारिक ज्ञान प्रदान गरेका थिए ।

भोलि बिहीबारसम्म सञ्चालन हुने तालिममा मकवानपुर जिल्लाका विभिन्न सञ्चारमाध्यममा क्रियाशील २६ जना सञ्चारकर्मीहरूको सहभागिता रहेको छ ।
पत्रकार महासङ्घ मकवानपुरका सचिव केशव सर्मपण सुवेदी संचालन गरेको उद्घाट कार्यक्रममा सुनौलो सिसौट नेपालका सचिव अनिकेत तिवारीले तालिमको उद्देश्य र औचित्यमाथि प्रकाश पार्दै शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा पत्रकार महासङ्घ बागमती प्रदेशका उपाध्यक्ष हरि हुमागाईँ, पत्रकार महासङ्घ मकवानपुरका पूर्व अध्यक्ष भानुभक्त आचार्यलगायत विभिन्न संगठनका अध्यक्षको आतिथ्यता रहेको थियो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.