करेन्ट लागेर मकवानपुरका तिमल्सिनाको मृत्यु

मकवानपुर । मकवानपुरमा करेन्ट लागेर आज बिहान एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मकवानपुरगढी गाउँपालिका वडा नम्बर–५ सिमलटार बस्ने ५५ वर्षिय भुमि नन्द तिमल्सिना रहेको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिएका छन् ।

प्रहरी नायव उपरीक्षक अर्यालका अनुसार, बिहान ८ः४० बजेको समयमा आफ्नै घरमा घर सफा गर्ने क्रममा अचानक करेन्ट लागेर तिमल्सिना गम्भीर घाइते भएका थिए ।

घाइते उनलाई उपचारको लागि हेटौंडा अस्पताल लगिएको थियो । उनको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको मृत्यु भएको प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।

घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक अर्यालले बताए ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.