मकवानपुर । मकवानपुरको १० पालिकाले सङ्घीय सरकारमार्फत् आगामी आर्थिक वर्ष २०८२–०८३ का लागि १ अर्ब २३ करोड बढी राजस्व अनुदान पाउने भएका छन् ।
गत १८ चैतमा बसेको मन्त्रिपरिषद्को बैठकले २०८२–०८३ देखि २०८६–०८७ सम्मका लागि प्रदेश तथा स्थानीय तहलाई उपलब्ध गराउने राजस्व बाँडफाँडको विस्तृत आधार र ढाँचा स्वीकृत गरेको थियो । सोही अनुसार, मकवानपुरका १० वटै पालिकाको भागमा १ अर्ब २३ करोड २२ लाख रुपैयाँ राजस्व बाँडफाँडबाट अनुदान पाउने भएको हो ।
गत १८ चैतमा बसेको मन्त्रीपरिषदको बैठकल २०८२(८३ देखि २०८६(८७ सम्मका लागि प्रदेश तथा स्थानीय तहलाई उपलब्ध गराउने राजस्व बाँडफाँडको विस्तृत आधार र ढाँचा स्वीकृत गरेको हो ।
जसमध्ये सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकाले राजस्व पाउने भएको छ । हेटौंडाले २२ करोड ८५ लाख राजस्व रकम पाउने भएको हो । यस्तै, सबैभन्दा कम इन्द्रसरोवर गाउँपालिकाले पाउने भएको छ । इन्द्रसरोवरले ६ करोड ७५ लाख पाउने भएको हो ।
यसैगरी, मकवानपुरको कैलाश गाउँपालिकाले ९ करोड ६७ लाख, थाहा नगरपालिकाले १० करोड ७० लाख, मनहरी गाउँपालिकाले १३ करोड ७६ लाख रुपियाँ, राक्सिराङ गाउँपालिकाले १० करोड ६१ लाख, भीमफेदी गाउँपालिकाले ९ करोड ८९ लाख, बकैया गाउँपालिकाले १५ करोड ५५ लाख, बागमती गाउँपालिकाले १४ करोड ६ लाख, मकवानपुरगढी गाउँपालिकाले ९ करोड ३८ लाख रुपैयाँ पाउने भएको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले उल्लेख गरिएको छ ।
आगामी आर्थिक वर्षमा प्रदेश र स्थानीय तह दुबैमा समान ७८ अर्ब ८ करोड ५० लाख रुपैयाँ बजेट बाँडफाँड हुनेछ । जुन १ खर्ब ५६ अर्ब रुपियाँ हुन आउँछ ।

















