हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा घरको छतबाट लडेर घाइते भएका १ जनाको मृत्यु भएको छ । हेटौंडा वडा नम्बर ५, सानोपोखरास्थित घरको छतबाट लडेर चितवन जिल्लाको कालिका नगरपालिका–६, खोलेसिमलका ६० वर्षीय गोविन्द अधिकारीको मृत्यु भएको हो । अधिरकारी बिहीबार हेटौंडामा भिनाजुको घरमा पाहुना थिए ।
भिनाजुको घरको छतबाट खस्दा घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । शुक्रबार बिहान तीन तला माथि छतबाट खस्दा घाइते भएका अधिकारीलाई हेटौंडा अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि चितवनस्थित चितवन मेडिकल कलेज लगिएको थियो ।
उपचारको क्रममा अधिकारीको शुक्रबार दिउँसो मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

















