अनेरास्ववियु मकवानपुर क्याम्पसको आयोजनामा रक्तदान कार्यक्रम

हेटौंडा। अनेरास्ववियु मकवानपुर बहुमुखी क्याम्पसले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । रक्तदान कार्यक्रम मकवानपुर बहुमुखी क्याम्पसमा बिहीबार आयोजना गरिएको हो । कार्यक्रममा ५१ जनाले रक्तदान गरेका थिए ।

कार्यक्रममा कमिटीका संयोजक प्रसिद्ध रेग्मीको सभाध्यक्षता तथा अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य आकाश अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोग रहेको थियो । रगतको अभाव रहेको बेला बिरामीमा सहयोग पुर्याउने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको कमिटीका सदस्य निशान भण्डारीले जानकारी दिए ।

कार्यक्रममा अनेरास्ववियु मकवानपुर जिल्ला कमिटी उपाध्यक्ष नवराज शर्मा पौडेल, शिव पुलामी मगर, जिल्ला कमिटी सह–सचिव जस्प्रिता अधिकारी, अनेरास्ववियु मकवानपुर कोषाध्यक्ष ईशा पाख्रिन, मकवानपुर बहुमुखी क्यामपस स्ववियु सदस्य उन्नत देवकोटा, अभिषेक दाहाल लगायतको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.