युवा संगठन नेपाल मकवानपुरद्वारा तीन बुँदे सहमति कार्यान्वयनको लागि हस्ताक्षर अभियान सुरु

हेटौंडा। युवा संगठन नेपाल मकवानपुरले नेकपा र राज्यबीच भएको तीन बुँदे सहमति कार्यान्वयनका लागि हस्ताक्षर अभियान सञ्चालन गरेको छ। सहमति भएको चार वर्ष बितिसक्दा पनि राज्यको तर्फबाट गर्नुपर्ने कार्यन्वयन नगरेको भन्दै नेकपा निकट युवा संगठनले दबाब स्वरूप हस्ताक्षर संकलन अभियान सुरु गरेको हो।

युवा संगठन नेपालले देशभरि नागरिक हस्ताक्षर अभियान सञ्चालन गर्दै आएको छ। संगठनको केन्द्रिय निर्णय अनुसार मकवानपुरमा पनि आजबाट नागरिक हस्ताक्षर अभियानको उद्घाटन गरिएको छ। नेपाल कम्युनिस्ट पार्टी र केपी ओली नेतृत्वको नेपाल सरकार बीच मिति २०७७ फागुन २१ मा भएको तीन बुँदे सहमति कार्यान्वयन गराउन युवा संगठन नेपाल मकवानपुरले हस्ताक्षर अभियान थालेको हो।

हेटौंडाको बुद्धचोकमा भएको हस्ताक्षर संकलन अभियानको उद्घाटन नेकपाका केन्द्रिय सदस्य तथा मकवानपुरका इन्चार्ज राम सीले गरेका थिए। यस अवसरमा पार्टीका अन्य नेताहरू, केन्द्रिय सदस्य आरोह सी, जिल्ला सेक्रेटरी पेमा सी लगायत जनताले पनि हस्ताक्षर गरे।

आज सुरु गरिएको हस्ताक्षर अभियान भोलि पनि जारी रहने जानकारी युवा संगठन नेपालका केन्द्रिय सदस्य तथा मकवानपुरका इन्चार्ज रमेश सीले दिएका छन्।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.