भिमान कपः मनहरी-७ र चुरियामाई एफसी फाइनलमा प्रवेश

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका-२ मा जारी दोस्रो वडाध्यक्ष भिमान स्मृति कप फुटबल प्रतियोगिता अन्तरगत मनहरी–७ र चुरियामाई एफसी रमौली मनहरी-७ फाइनमा प्रवेश गरेका छन् ।

आजको पहिलो खेलमा मनहरी-७ चुरियामाई एफसी र जनसिंद्ध एफसी मनहरी-३ बीच खेल भएको थियो । जसमा मनहरी-७ चुरियामाई एफसीले मनहरी-३ जनसिंद्धलाई १-० गोल अन्तरगले पराजित गर्दै फाइनलमा आफ्नो स्थान बनाएको हो ।

यस्तै, आजै भएको दोस्रो खेलमा मनहरी-७ र मनहरी-८ बीच प्रतिस्पर्धा भएको थियो । सो प्रतियोगितामा मनहरी-७ ले १-० गोल अन्तरले मनहरी-८ लाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको खेलकुद विकास समिति मनहरी-२ का सदस्य इन्द्रदेव वाईबाले जानकारी दिए । प्रतियोगिताको फाइनल खेल यही माघ ५ गते हुँदैछ । खेलकुद विकास समिति मनहरी-२ को आयोजनामा गत पौष २६ गतेबाट सुरु भएको थियो ।

प्रतियोगितामा पालिकाभित्रका १६ वटा टिमले सहभागीता जनाएको आयोजकले जनाएको छ । प्रतियोगिताको विजेत र उपविजेताले क्रमशः ५० हजार र २५ हजार रुपैयाँसहित शिल्डमेडल प्राप्त गर्ने मनहरी खेलकुल विकास समितिका सदस्य चन्द्रबहादुर स्याङ्ताले जानकारी दिए । प्रतियोगितामा मनहरी-२, स्थित त्रिरत्न आधारभूत विद्यालयको खेल मैदानमा भइरहेको २ नम्वर वडाध्यक्ष राजकुमार पाख्रिनले बताए ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.