हेटौंडा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भोलि हेटौंडा आउने भएका छन् । बुधवार हुने मकवानपुर उद्योग बाणिज्य संघको साधारणसभालाई सम्बोधन गर्न सभापति देउवा हेटौंडा आउने भएका हुन् ।
नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले बुधवार अपरान्ह १२ बजे हेटौंडा–२ स्थित पल्पसा हलमा सभापति देउवा आईपुग्ने जानकारी दिए । सभापति देउवाको स्वागतका लागि सम्पुर्ण तयारी समेत भएको लामाले बताए ।
यहि पुष २७ गते मउवा संघको निर्वाचन हुँदै छ । निर्वाचनमा प्रमोद सिंह रानाभाट र अनिल अग्रवाल प्यानल सहित होमिएका छन् । रानाभाट र अग्रवाल दुवैजना कांग्रेसकै हुन् । मकवानपुर उद्योग वाणिज्य संघमा यसपटक २,०९७ मतदाता रहेका छन् ।
मउवा संघको नयाँ कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ, जसले संघको भविष्य र व्यवसायिक वातावरणलाई थप सुदृढ बनाउने दिशा तय गर्नेछ ।
प्रतिकृया दिनुहोस्

















