हेटौंडा । गोले तामाङ वंश उत्थान समाज मकवानपुरको जिल्ला भेलाको मिति तोकिएको छ । समाजको जिल्ला कार्यसमितिको शुक्रबार बसेको विषेश बैठकबाट माघ १९ गतेलाई भेलाको मिति तोकिएको हो ।
भेलामा तामाङ समुदायको नयाँ बर्ष तथा विशेष पर्व सोनाम् ल्होछार २०८१ को अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम समेत रहने समाजका जिल्ला सचिव रोशन गोले तामाङले जानकारी दिए । भेलामा समाजको सातौं राष्ट्रिय भेलाबाट मकवानपुरका निर्वाचित केन्द्रिय सदस्यलाई सम्मान गरिने उनले बताए । उनका अनुसार २४ पुसमा जिल्लाका सम्पुर्ण गोले दाजुभाइ तथा दिदीबहिनीहरुलाई जिल्ला भेला तयारी बैठक बोलाइएको छ ।
समाजका केन्द्रीय उपाध्यक्ष शुभरत्न गोले तामाङको प्र्रमुख आतिथ्यता रहेको बैठकमा केन्द्रीय सहकोषाध्यक्ष आकाश कुमार गोले तामाङ, केन्द्रीय सदस्यहरु कुमार गोले तामाङ, डोल्मा गोले स्याङ्बो तामाङ, रत्न बहादुर गोले तामाङ, जिल्ला उपाध्यक्ष दिनेश गोले तामाङ र जिल्ला कार्यसमिति पदाधिकारी तथा सदस्य लगायतको उपस्थिति थियो । बैठक समाजका जिल्ला अध्यक्ष राजकुमार गोले तामाङको अध्यक्षतामा सम्पन्न भयो ।

















