मकवानपुर । नेपाल जेसीज बर्ष २०२५को राष्ट्रिय उपाध्यक्ष पदमा पालुङ जेसीज बर्ष २०२३ का अध्यक्ष संगम कार्की बिजयी भएका छन् । सुनसरी जिल्लाको इटहरीमा सम्पन्न नेपाल जेसीजको ५१ औं राष्ट्रिय महाधिवेशन अन्तरगत सोमबार भएको निर्वाचन कार्यक्रममा कार्की ९ सय ५८ मतसहित बिजयी भएका हुन् ।
कार्की संगै सन्दिप खत्री, दीपक अधिकारी, धनराज कडेंल, सुजन थापा, बबिता पाण्डे, अभिशेक दुलाल, सुमित्रा भट्टराई, उज्ज्वल काबरा, सुबाश गौतम, राघब कोइराला, मनिप्रसाद अर्याल उपाध्यक्ष पदमा निर्वाचित भएका निर्वाचन आयुक्त बिकास मानन्धरले जानकारी दिए ।
त्यस्तै महाधिवेशन अन्तरगत भएको निर्वाचनमा राष्ट्रिय अध्यक्ष पदमा मनोहरा जेसीजकी रजनी थापा बिजयी भएकी छिन् । साथै ४ राष्ट्रिय कार्यकारी उपाध्यक्ष पदमा गणेश सापकोटा, एलिना महर्जन, कृष्ण सापकोटा, सौरभ श्रेष्ठ बिजयी भएका छन् ।
राष्ट्रिय उपाध्यक्ष निर्वाचित भएपश्चात कार्कीले युवालाई उद्यमशील बनाई स्वदेशमै आत्मनिर्भर बनाउन नेपाल जेसीज मार्फत राज्यलाई आग्रह गर्ने बताए । कार्कीले समाजको विकासका लागि युवा महत्वपूर्ण शक्ति भएकोले युवालाई आत्मनिभर बनाउने विविध कार्यक्रमहरु सञ्चालन गर्न बिभिन्न संघ संस्था र सबै तहका सरकारसंग समन्वय गर्ने बताए ।
राष्ट्रिय उपाध्यक्ष कार्कीले निर्वाचनमा आफुलाई बिजयी गराउन मतदान गर्ने सम्पूर्ण प्रतिनिधिहरु, नेपाल जेसीजका पदाधिकारीहरु, देश भरका शाखा अध्यक्षहरु, शाखाका सबै पदाधिकारीहरु, पालुङ जेसीजका संस्थापक अध्यक्ष, पूर्व अध्यक्षहरु, बोर्डका पदाधिकारीहरु, सदस्यहरु, प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सम्पूर्ण प्रति धन्यवाद ज्ञापन गर्नुका साथै आभार प्रकट गरे ।

















