हेटौंडा उपमहानगरद्वारा आधामारलाई कृषि एम्बुलेन्स हस्तान्तरण

हेटौंडा । किसानले उत्पादन गरेको सामग्रीलाई सहज ढंगबाट बजारीकरणमा सहयोग पुर्याउने उद्देश्य अनुरुप हेटौंडा उपमहानगरपालिकाले चिस्यान सहितको कृषि एम्बुलेन्स हस्तान्तरण गरेको छ ।

संघिय सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय मार्फत पालिकामा चिस्यान सहितको कृषि एम्बुलेन्स खरिदका लागि आएको १९ लाख रुपियाँमा थप गरी खरीद गरेको कृषि उत्पादन बोक्ने सवारी हेटौंडा १३ को आधामार कृषक समुहलाई मंगलबार हस्तान्तरण गरेको हो ।

संघ बाट आएको पैसामा उपमहानगरको कार्यपालिका बैठकले थप रकम लगानी गरी खुल्ला प्रतिश्पर्धा मार्फत ३४ लाख ९० हजार रुपियाँको लागतमा खरीद भएको कृषि एम्बुलेन्स मंगलबार आधामार कृषक समुहका अध्यक्ष फेन्चु लामालाई हस्तान्तरण गरीएको हो ।

गत आर्थिक बर्ष २०८०÷०८१ मा खरीद गरीएको कृषि एम्बुलेन्स सञ्चालनका लागि उपमहानगरले सुचना जारी गरेपछि परेको २ वटा कृषक समुह मध्य मुल्याङकनका आधारमा आधामारलाई योग्य मान्र्दै हस्तान्तरण गरीएको उपमहानगर कृषि शाखाका प्रमुख प्रदिप रेग्मीले बताए । उनका अनुसार चिस्यान सहितको एम्बुलेन्स भएकाले फलफुल, तरकारी सहितको उत्पादनलाई स्वच्छ ढंगबाट बजार सम्म लैजानका लागि आधामार योग्य देखिएकाले सञ्चालनको जिम्मेवारी दिइएको हो ।

एम्बुलेन्स हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानियाँ, हेटौंडा–१७ का अध्यक्ष उद्धब सत्याल र उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत सुर्यप्रसाद गौतमले चाबि र सम्झौता पत्र हस्तान्तरण गरेका थिए । हस्तान्तर गर्दै नगर प्रमुख लामाले न्युनतम मुल्य राखेर सञ्चालन हुने एम्बुलेन्सका कारण यस क्षेत्रमा रहेका कृषकहरुको उत्पादनलाई सहज ढंगबाट बजार सम्म ल्याउन सहयोग पुग्ने बिश्वास व्यक्त गरीन गरीन् । यस अघि मंगलबार नै हेटांैडा उपमहानगरपालिकाले जिल्लाको पुर्वि भेगमा रहेको बागमती गाउँपालिकालाई बिपद्मा आवश्यक दमकल, सुमो, पिकअप सवारी हस्तान्तरण गरेको थियो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.