राक्सिराङ–४ कांग्रेसद्वारा क्यान्सर पीडितलाई २५ हजार आर्थिक सहयोग

हेटौंडा । नेपाली कांग्रेस राक्सिराङ–४ वडा कार्यसमितिले क्यान्सर पीडित कौशिला ब्लोनको उपचारका लागि २५ हजार २५ रुपैयाँ आर्थिक सहयोग गरेको छ । मकवानपुरको राक्सिराङ गाउँपालिका–४ निवासी गोपिन ब्लोनकी आमा कौशिलाको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले कार्यसमितिले सञ्चालन गरेको आर्थिक सहयोग अभियानअन्तर्गत उक्त रकम हस्तान्तरण गरिएको हो ।

आइतबार कौशिलालाई प्रत्यक्ष भेटेर सहयोग रकम हस्तान्तरण गरिएको वडा कार्यसमितिका सभापति अशोक निर्दोष गलानले जानकारी दिए । दुःख र अप्ठ्यारोमा परेका नागरिकलाई सहयोग गर्नु सामाजिक दायित्व भएको उल्लेख गर्दै गलानले सेवा गर्न ठूलो पद वा रकमभन्दा पनि सहयोगी भावना आवश्यक पर्ने बताए ।

वडा कार्यसमितिले आफ्नै गाउँसमाजका नागरिकलाई अप्ठ्यारो पर्दा साथ दिने उद्देश्यले सहयोग अभियान सञ्चालन गरेको बताइएको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.