हेटौंडा । मकवानपुर प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शुक्रबार हेटौंडा उपमहानगरपालिका-७ स्थित शिक्षा निर्देशनालय नजिकको भित्री सडकखण्डबाट एक जनालाई नियन्त्रणमा लिइएको हो।
इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा फारलाइनबाट हेटौंडा बजारतर्फ पैदल आउँदै गरेका हेटौंडा उपमहानगरपालिका–१५ फारलाइनका करिब ३४ वर्षीय धिरज अर्याललाई चेकजाँच गरेको थियो।
जाँचका क्रममा उनले लगाएको जिन्स पाइन्टको बायाँ खल्तीबाट ‘ट्रामोल-५०’ लेखिएको १५ पत्तामा १५० चक्की र ‘एन्टिकफ’ लेखिएको २ पत्तामा २० चक्की गरी जम्मा १७० चक्की लागुऔषध फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ परेका अर्याललाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको छ।
प्रतिकृया दिनुहोस्














